
क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकामा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने हेतुले लापसे (लागू पदार्थ सेवन) परीक्षण सुरु भएको छ ।
भर्खरै इलाका प्रहरी कार्यालय पथरी प्रमुख डिएसपी मोहन विक्रम दाहालको आगमनसँगै लापसे परीक्षण सुरु गरिएको हो । आज नै ११ जना युवा युवतीहरू लागूूपदार्थ सेवन प्रयोग गरेको प्रमाणित भएर प्रहरीले नियन्त्रणमा लिएका छन् । लागू पदार्थ सेवन गरेको कारण पक्राउ पर्नेमा ४ जना युवती र ७ जना युवा रहेका छन् । पक्राउ पर्नेहरू १७ देखि २७ वर्ष उमेर समूहको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख दाहालले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
लापसे प्रयोग गरेको आशंकामा १३ जना पक्राउ परेका युवा युवतीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याएर लापसे परीक्षण गर्दा ११ जनाले सेवन गरेको प्रमाणित भएको हो ।
पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे १ का ४ जना, २ नं. वडाका १ जना, ३ को २, ९ नं. वडाका १ जना, १० को २ जना र झापा दमकको एक जना रहेको बताइएको छ ।
शंकास्पद ती व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
डीएसपी दाहालले सबैसँग परामर्श र छलफल पश्चात् लागू पदार्थ नियन्त्रण गर्न दुई जना इन्स्पेक्टर सहित ६ जनाको एन्टी ड्रग स्क्वाट .(एडीएस)ं टिम गठन गरेर लापसे परीक्षण सुरु गरेको हो ।
शंकास्पद व्यक्तिलाई लागू पदार्थ सेवन गरे, नगरेको परीक्षण मल्टी ड्रग टेष्ट प्यानल ं(गर्भ परीक्षण गर्ने किड जस्तै) किड मार्फत् परीक्षण पथरीमै सुरु गरिएको छ । लापसे किड पिसाबमा डुबाएपछि कोकिन, मोर्फिन, डाइजिपम, गाँजा लगायत ६ प्रकारको लागूपदार्थ प्रगोग भए नभएको छुट्याइदिन्छ । शंकास्पद व्यक्तिको पिसाबमा किड डुबाउँदा गर्भ परीक्षण जस्तै सेवन गरे, नगरेको छ प्रकारको ड्रगको संकेत दिन्छ । लापसे नगरेको व्यक्तिको नेगेटिम देखाउँछ ।
आज सोही किड मार्फत् लापसे परीक्षण गरिएको हो । परीक्षण गरिएका अधिकांशमा गाँजा र केहीमा मोर्फिन, डाइजिपाम लगायतको लागू औषध प्रयोग गरिएको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख दाहालले बताए ।
प्रथम पटक इलाका प्रहरी कार्यालयमा परीक्षण गर्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शशि राई, नगर अस्पतालको प्रमुख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालयले गठन गरेको एन्टी ड्रग स्क्वट .(एडीएस)ंले शंकास्पद लागू औषण प्रयोगकर्ताहरुलाई ल्याएर नगर अस्पताल पठाउने र त्यहाँ यही किड मार्फत् तुरुन्त परीक्षण गरिने प्रहरी प्रमुख दाहालले बताए ।
प्रहरीले गठन गरेको एडीएसले प्रयोगकर्ताको साथै लागूपदार्थ कारोबारी र ओसार पसार गर्नेहरुको पनि खोजी गरेर कारबाही चलाउने सुझाए ।
इलाका प्रहरी कार्यालय पथरीले एडीएस टिम बनाएपछि अब जुनसुकै समयमा शंकास्पद व्यक्तिहरु नियन्त्रण गरेर लापसे परीक्षण हुनसक्ने भएको छ ।
किड मार्फत् लापसे गरे, नगरेको परीक्षण हुने र प्रहरीले लापसे न्युनिकरणको लागि एडीएस नै गठन गरेर लागेपछि नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ताहरु संंघ, संस्थाहरुबाट सहयोग मिले नगरमा लापसे धेरै हदसम्म नियन्त्रण हुनसक्ने निश्चित छ ।


