कबिता बनिन् मिस भुटान युएस २०१९ - Crazysaptahik.com

कबिता बनिन् मिस भुटान युएस २०१९


हेम गिरि। मिस भुटान यूएस २०१९ को उपाधि कबिता अहंकारीले हात पारेकी छिन्। मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने अमेरिकामा रहेका नेपाली भाषी भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा हरेक वर्ष आयोजना हुने हिमालयन फेस्टिवल अन्तर्गत आयोजना हुने मिस भुटान यूएस प्रतियोगिता अमेरिकामा रहेका नेपाली भाषी माझ निक्कै लोकप्रिया हुंदै आएको प्रतियोगिता हो।

पेन्सलभेनिया राज्यको पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिक आयोजित उक्त प्रतियोगिताकी विजेता कबिता ओहायो सिन्सिनाटॆकी वासिन्दा हुन्। अमेरिका रहेका भुटानी किशोरीहरूप्रति लक्षति उक्त प्रतियोगिताका लागि अडिसनबाट ६ जना युवती छनौट भएका थिए। सौन्दर्यभन्दा पनि अतिरिक्त क्रियाकलापमा जोड दिई प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउने उद्देश्य राखिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कबितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता सुब्बा फस्ट रनर्सअप तथा पुजा छेत्री सेकेन्ड रनर्सअप घोषित भएका थिए। उनीहरूले क्रमश २ हजार, १ हजार ५ सय र १ हजार डलर नगदसहित अन्य पुरस्कार पाए। मिस भुटान यूएस ( २०१९ को उपाधि जित्ने कबितालाई वर्षको सेलीब्रेटी पनि घोषणा गरिएको छ । प्रमुख निर्णायक शुभेच्छा भँडेलले तपाई संसारलाई एउटा सन्देश के दिन चाहनु हुन्छा रु भन्ने प्रश्नमा विजता कबिताले कन्फिडेन्सको साथ आफु पनि शान्ती रहनु होस अनि संसारलाई पनि शान्ती बनाउनु होस् भन्ने उत्तर दिईकी थिइन् । यस पटकको मिस भुटान प्रतियोगितामा विजेतासंगै बन्दना कोइराला, सिता चौहान र प्रेग्ना सिवाकोटीले भाग लिएका थिए ।

प्रतियोगिताको कोरियोग्राफी पुर्व मिस नेपाल तथा नेपाली नायिका मलिना जोशीले गरेकी थिइन् भने प्रतियोगिताको निर्णायक–मण्डलमा गायिका तथा मोडल केन्जल मेहर श्रेष्ठ , म्युजिक भिडियो निर्देशक सुरज साह, गायक प्रताप दास अनि डिजाइनर शुभेच्छा भँडेल थिए। मिस भूटान युएस सन् २०१४ मा पहिलोपटक ह्युस्टन, टेक्ससमा भएको थियो । त्यसपछि हरेक वर्ष क्रमश टेनेसीको न्याशभिल, ओहायो राज्यको क्लिभल्याण्ड, पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग, ओहायोको कोल्म्बस अनि यस वर्षको छैटौ संस्करण पेन्सलभेनियाको पिट्स्बर्गमा आइपुगेको हो। यसअघि सन् २०१४ मा प्रकृति राई, २०१५ मा नुमा लिम्बू, २०१६ मा विमला शिवाकोटी, २०१७ मा आरती घिसिङ तामाङ र २०१८ मा सुचिता प्रधानले मिस भुटान युएसको उपाधि जितेका थिए। कार्यक्रममा गायिका केन्जल मेहर श्रेष्ठ, गायक प्रताप दास अनि स्थानिया कलाकारले सांगितीक प्रस्तुती प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.