नगरका बैंकहरुसँग बैठक - Crazysaptahik.com

नगरका बैंकहरुसँग बैठक


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरुले सेवा प्रवाह र सामाजिक उत्तरदायित्वका कुरामा नगरपालिका कार्यालयसँग सहकार्य गरेर आफ्नो कार्यलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।बुधवार नगरपालिका कार्यालयले राखेको बैठकमा सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धमा सेवाग्राहीबाट आउने गुनासाहरुलाई आगामी दिनमा सहज र सरल रुपमा समाधान गरी सेवा प्रवाहमा सहयोग पु¥याउने सहितका ३ वटा निर्णय भएका छन् ।

कार्यवाहक नगर प्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको बैठकले बैंकहरुबाट नीतिगत रुपमा छुट्याउनु पर्ने १० प्रतिशत रकमबाट नगरका कृषक समूहलाई सहयोग पुग्ने गरी काम गर्ने समेत निर्णय भएको छ । साथै संस्थागत उत्तरदायित्व अन्तर्गत विविध प्रस्तावनाका आधारमा कार्यक्रम छनोट गरी नगपालिका कार्यालय र बैंकहरुको आपसी समन्वयमा सहयोग गर्ने नीतिगत निर्णय समेत भएको कार्यवाहक नगर प्रमुख वास्तोलाले बताइन् ।

सम्बन्धित खवर