घुस सहित मालपोतका दुइ कर्मचारी पक्राउ - Crazysaptahik.com

घुस सहित मालपोतका दुइ कर्मचारी पक्राउ

क्रेजी साप्ताहिक
पथरी । सेवाग्राहीसँग घुस लिदैगर्दा सुनसरी सदरमुकाम इनरुवाबाट दुईजना कर्मचारी रंगेहात पक्राउ परेका छन् । जग्गाको नक्सा सुधार गरिदिने भन्दै सेवाग्राहीबाट घुस माग्ने नापी कार्यालय इनरुवामा कार्यरत उनिहरुलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार नापी कार्यालय इनरुवाका सर्वेक्षक मागेन महतो र लेखापढी व्यवसायी रामनारायण पौदारलाई सेवाग्राहीबाट लिएको ११ हजार घुस रकम सहित पक्राउ गरिएको हो । उनीहरू दुवैजनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौ पठाइएको ढकालले जानकारी दिए । केही दिन अघि मालपोतबाटै दुई कर्मचारी पक्राउ परेका थिए ।

सम्बन्धित खवर