हुम्लाको स्वास्थ्यचौकीमा उपचार नपाएर सुत्केरीको मृत्यु - Crazysaptahik.com

हुम्लाको स्वास्थ्यचौकीमा उपचार नपाएर सुत्केरीको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको ज्यान गएको छ ।बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा सुत्केरी र शिशु दुवैको मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले बताए । दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा औषधि, उपकरण नहुदा सुत्केरी महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ ।

सम्बन्धित खवर