फिफा वर्ष खेलाडी मनोनयन : मेस्सी र रोनाल्डो दाबेदार - Crazysaptahik.com

फिफा वर्ष खेलाडी मनोनयन : मेस्सी र रोनाल्डो दाबेदार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार फिफा वर्ष खेलाडीको मनोनयन सार्वजानिक गरेको छ ।

फिफाले वर्ष खेलाडीका लागि शिर्ष १० खेलाडीको नाम सार्वजानिक गर्दा सदावाहार नायकको छवि बनाएका स्टार लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डोले स्थान बनाउँदा इंग्लिस क्लब लिभरपुल सर्वाधिक धेरै तीन खेलाडीलाई शिर्ष १० भित्र पार्न सफल भएको छ ।

यता प्रिमियर लिग च्याम्पियन सिटीका भने कुनैपनि खेलाडी फिफा वर्ष खेलाडीको शिर्ष दशमा अटाउन सकेनन् । त्यस्तै आयाक्सका डच स्टारद्वय फ्रेन्की डि योङ र म्याथिस डि लाइट रहेका छन्। जारी ट्रान्सफर मार्केटमा डि योङ मेसीको बार्सामा अनुबन्ध भएका छन् भने डि लाइटले रोनाल्डोको युभेन्टसलाई रोजेका छन् ।

यस्तै, इंग्ल्यान्ड तथा टोटेनह्यामका कप्तान ह्यारी केन, रियल मड्रिडमा अनुबन्धित बेल्जियमका कप्तान इडेन हजार्ड र पिएसजीका फ्रेन्च स्टार किलियन एमबाप्पे पनि मनोनित भएका छन् । फिफाको अन्तिम १० को लिस्टमा देशका रुपमा नेदरल्यान्ड्स सर्वाधिक सफल देखिएको छ । भान डाइक, डि योङ र डि लाइटगरि नेदरल्यान्ड्सका ३ खेलाडीले शीर्ष १० मा रहँदा क्लबमा लिभरपुल अघि छ ।

यस्तो छ मनोनयन
वर्षका उत्कृष्ट पुरुष खेलाडी
१. क्रिस्टियानो रोनाल्डो– पोर्चुगल
२. लियोनल मेसी – अर्जेन्टिना
३. फ्रेङ्की डि योङ – नेदरल्यान्ड्स
४. म्याथिस डि लाइट –नेदरल्यान्ड्स
५. भिर्गिल भान डाइक – नेदरल्यान्ड्स
६. इडेन हजार्ड–बेल्जियम
७. किलियन एम्बाप्पे –फ्रान्स
८. मोहम्मद सलाह – इजिप्ट
९. साडियो माने – सेनेगल

सम्बन्धित खवर