गगनको मुरी मुरी शुभकामना योगेशलाई - Crazysaptahik.com

गगनको मुरी मुरी शुभकामना योगेशलाई

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई दिएका छन् ।

पर्यटनमन्त्रीमा नियुक्त भएपछि बुधबार गगनले ट्वटीरमार्फत् भट्टराईलाई मुरीमुरी शुभकामना दिएका हुन् ।

उनले ट्वीट गरेका छन् ..योगेश भट्टराई दाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’, मन्त्रीको रूपमा तपाईंलाई सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरीमुरी शुभकामना ।’

सम्बन्धित खवर