व्यवस्थापन संकायमा रेडस्टार उत्कृष्ट - Crazysaptahik.com

व्यवस्थापन संकायमा रेडस्टार उत्कृष्ट


क्रेजी साप्ताहिक
पथरी । राष्ट्रिय परिक्षा बोर्डद्धारा २०७६ को बैशाखमा सञ्चालित कक्षा १२ व्यवस्थापन संकायको नतिजामा मोरङको पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार अङ्ग्रेजी मावि उत्कृष्ट बनेको छ । कक्षा १२ सम्मको व्यवस्थापन संकायमा इटहरीदेखि दमकसम्मका संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई उछिनेर उत्कृष्ट बनेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले जानकारी दिए ।

कक्षा १२ को व्यवस्थापन संकायमा १ सय ३३ जना विद्यार्थी सामेल भएका थिए । जसअन्तर्गत ३.७० देखि ३.२८ जिपीए सम्मको नतिजा ल्याएको विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले सुनाए । सरकारको मापदण्ड अनुसार कक्षा १२ लाई अहिले एसएलसी तोकिएकोले एसएलसीमा उत्कृष्ट नतिजा आएको मादेनले बताए । यस विद्यालयबाट ९६ प्रतिशत नतिजा आएको हो र व्याचलर्स लेवल पढ्न योग्य रहेको निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले सुल्झाए । ।बिगत बर्ष हरुमा झै उत्कृष्ट नतिजा ल्याउदै यश बिधालय ले शैक्षिक बर्ष २०७६ मा ३१२ जाना विद्यार्थी को प्रवेश परिक्षा लिई २२५ विद्यार्थी लाई मात्र छनोट गरि कक्षा ११ सञ्चालन गरिरहेको छ। शैक्षिक संयोजक गणेश बिष्ट ले निकट भबिस्यमै रेडस्टार स्कुललाई प्रदेश न १ कै सर्बोत्कृष्ट बिधालय बनाउने कुरा प्रष्ट पारेका छन।

सम्बन्धित खवर