‘सुन–सुन राष्ट्रपति’ सार्वजनिक - Crazysaptahik.com

‘सुन–सुन राष्ट्रपति’ सार्वजनिक

क्रेजी साप्ताहिक
पथरी । तिज गित सुन सुन राष्ट्रपति सार्वजनिक भएको छ । गायिका विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्त गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ ।

राजनीतिको झुटा आश्वासन, नेताहरूको झुटा सपना र चिप्ला–चिप्ला भाषणले सर्वसाधारणलाई दिक्क पारेको कथा गितमा समावेश गरिएकोछ । गीतमा पानी जहाज र रेल भन्दा पनि नेपाली चेलीबेटी आमा दिदीबहिनीहरू ढुक्कसँग हिँड्न डुल्न घुम्न रमाउन पाउनु पर्ने समावेश गरिएको छ । चुनावको बेलामा ठूला ठूला गर्ने तर अहिले जनताले सिटामोल पनि खाए नपाएको दुखेसो उक्त गीतमार्फत पोखिएको छ ।

उक्त गीतको भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । निरेन श्रेष्ठको कोरियोग्रफिमा रहेको गीतको भिडियोमा अलिन रायमाझी, दिलीप रेग्मी र यादव देवकोटाको फिचरिङ रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा अम्बिका जिसी रोकालाई राष्ट्रपति, दल बहादुर केसीलाई प्रधानमन्त्री र माधव अधिकारीलाई गृहमन्त्रीको रूपमा देखाइएको छ ।

सम्बन्धित खवर