अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी - Crazysaptahik.com

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

क्रेजी साप्ताहिक
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजनीसंगै तोडफोड भएको छ ।
विहिबार (गएराती) वडा नं १ ओखेको डाँडाखर्कमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
टावरमा लगिएको तार ब्याट्री तथा मेसिनमा आगजनीसंगै सोलार पाता तोडफोड भएको स्थानीयले वताएका छन् ।

आगजनीको खबर पाउन साथ घटना स्थल तर्फ प्रहरी गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ । टावरमा तोडफोडसंगै आगजनी भएको विषयमा स्थानियले प्रहरीलाई शुक्रबार विहान जानकारी गराएका थिए ।
वडा अध्यक्ष सहदेव राईका अनुसार १५ ओटा सोलार पाता मध्ये ५ वटा पेट्रोल छर्केर पूर्ण रुपमा जलाएइको छ ।

यसैगरी त्यहाँ प्रयोग भएका व्याट्री तथा मेसिनमा समेत आगजनी भएको छ । अध्यक्ष राईले भन्नु भयो‘‘ वडा नं १ आख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आजगनी भएको छ, आगजनीबाट मेसिन, व्याट्री, सोलार तथा अन्य उपकरण पूर्णरुपमा ध्वस्त भएका छन् ।’

सम्बन्धित खवर