उपनिर्वाचन मंशिर १४ मा - Crazysaptahik.com

उपनिर्वाचन मंशिर १४ मा


क्रेजी साप्ताहिक
पथरी । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए । प्रतिनिधिसभामा एक, प्रदेशसभाका तीन र स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन ।

गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन बनेको छ । त्यस्तै प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वा्चित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वा्चित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान पनि खाली नै रहेका छन् । त्यसैगरी स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् ।

स्थानीय तहको उपनिर्वाचनको मिति सरकारले बिहीबार नै घोषणा गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने व्यवस्था छ । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो ।

सम्बन्धित खवर