जग्गाप्राप्तिका लागि पहल कदमी गर्ने - Crazysaptahik.com

जग्गाप्राप्तिका लागि पहल कदमी गर्ने


क्रेजी साप्ताहिक
पथरी । बर्षौदेखि स्थानियस्तरमा चासोको विषय रहेको मोरङको पथरीशनिश्चरे नगरपालिकाको केन्द्रको जग्गा प्राप्तिका लागि सरकारी निकायमा पहल कदमी गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको केन्द्रका लागि जग्गा प्राप्ति गर्न बनेको समिति संयोजक नगर पालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको स्थानमा नगरपालिका केन्द्र निर्माणको पहल अघि बढाउने निर्णय गरेको छ । जसका लागि बैठकले १० नम्वर वडाध्यक्ष सागर राईलाई विभिन्न निकायमा पहल कदमी गर्न जाने जिम्मेवारी दिएको समिति संयोजक वास्तोलाले बताइन् । समितिका सदस्य तथा समाजका अगुवाहरुको सहभागितामा वैठक बसेको हो ।

सम्बन्धित खवर