क्रेजी साप्ताहिक
पथरी । चलचित्र हिरो नं १ को दोश्रो गित सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं १ को दोश्रो गित ‘माया दिन्छु नि’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् । नायक जयकिशन बस्नेत र नायिका एलिना रायमाझिले उक्त गीतमा भब्य रोमान्स गरेका छन् । चलचित्रको गीतमा दुइ जनाको माया प्रेम र बिबाह हुँदै अनौठो तरिकाको बच्चा जन्मिएको सम्म देखाईएको छ ।
तुरुन्तै अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र हिरो नं. १ मा जय किशन बस्नेत र एलिना रायमाझीको साथमा जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, संघरत्न महर्जन। टार्जन, लय संग्रौला । शोभित बस्नेत, शुभेच्छा थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस ः