भूमिप्रसाद पाठक । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७६ बैशाखमा सञ्चालित कक्षा–१२ का विज्ञान सङ्कायको नतिजा मोरङको पथरीशनिश्चरे–१ अवस्थित पञ्चायत माविले उत्कृष्ट ल्याएको छ । मनिष राई ३.७३ जीपीए ल्याएर पञ्चायतको प्रथम बनेका छन् । उनी रेडस्टार माविबाट एसईई उत्तीर्ण गरेर आएका विद्यार्थी हुन् .। त्यसैगरी लिजेस सुवेदीले ३.६४ जीपीए ल्याएका विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए । सुवेदी न्यू पेगोडाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थी हुन् ।
यस्तैगरी ३ं.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीहरु ४१ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ७५ जनाले ल्याएको विज्ञान सङ्कायका इन्चार्ज वुद्धिनाथ अधिकारीले बताए । यसैगरी २.४ देख २.८ सम्म ३७ जनाले उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक बुढाथोकीले बताए । जम्मा १ सय ५५ जनाले परीक्षा दिएका थिए । सामुदायिक विद्यालयमध्ये नेपालकै उत्कृष्ट र संस्थागत विद्यालयलाई डो¥याउन सफल यो नतिजा प्रदेश नं.–१ कै सर्वोत्कृष्ट बनेको विज्ञान संकायका इन्चार्ज अधिकारीले सुनाए । यस विद्यालयले सुरुवातदेखि नै विज्ञान संकायतर्फ उत्कृष्ट रिजल्ट ल्याउँदै आएको छ । सामुदायिक विद्यालय नमुना छनौटमा परेको यस क्षेत्रमै उत्कृष्ट विद्यालयमा पर्दछ । यस विद्यालयमा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ, कानुन, व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा संकायमा अध्यापन हुने गर्दछ ।