सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगमन - Crazysaptahik.com

सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगमन


क्रेजी साप्ताहिक
पथरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि सो विषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले प्रदेशसभा बैठकमा सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन गरेको छ ।

प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिको टोली सहित सडक डिभिजन कार्यालय प्रमुख शुभराज न्यौपानेको समेत सो सडकको अनुगमनमा आएका थिए । ।सांसद हरुले कालोपत्रे निर्माणमा अनियमितता भएको आरोप लगाए पनि सडक डिभिजन प्रमुखले उक्त कुरा स्विकारेका छैनन् । प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिकी सदस्य कुशुम श्रेष्ठले ठेकेदार र निर्माण कम्पनीले सडक निर्माण गर्दा अनियमितता गरेको सञ्चारमाध्यममा समाचार आएकोले अनुगमनको लागि आफु सडकमै आएको बताइन् ।

सांसद श्रेष्ठले पनि इटहरीको टेङग्रा पुल र सुन्दरहरैचाको गछिया पुललाई देखाउँदै उक्त सडक निर्माण गर्दा अनियमितता भएको समेत आरोप लगाइन । प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति शिव नारायण सिहं गनगाईले सडक प्रमुख र निर्माण कम्पनीले भने जस्तो पानीले कालोपत्रे भत्काएको भन्ने कुरा गलत भएको बताएका छन । उनले अहिले भएको काममा धरै अनियमितता भएको साथै गुणस्तरहिन सामान प्रयोग गरेको आरोप लगाए ।

सम्बन्धित खवर