पहिरोले पुरिएर एक जनाको मृत्यु - Crazysaptahik.com

पहिरोले पुरिएर एक जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले पुरीएर बाग्लुङमा एक जनाको मृत्यु भएको छ । यस्तै सो पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

तमानखोला गाउपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा लम्मेका ३५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको हो । ७० वर्षिया अन्सारी श्रीर्पाली र १२ वर्षीय प्रविण श्रीपाली बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार राति करिब एक बजे तिर गएको पहिरोलेले लाम्मेल शिवपुरीमा घर पुरिएको वडाध्यक्ष उदिन छन्त्यालले बताए । वडाध्यक्ष छन्त्यालका अनुसार पहिरोले पुरिएर ज्यान गुमाएकी ३५ वर्षी सन्तकुमारी श्रीपालीको शव बाहिर निकालिएको छ ।

यस्तैगरी अन्सारी श्रीपाली र प्रवीण श्रीपालीको खोजी कार्य जारी रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा उदार कार्य जारी रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

पहिरोमा परी घाईते भएका ६ जनाको उद्धार गरिएको र उनिहरुलाई उपचारको लागि पठाउने तयारी भैरहेको पनि वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

सम्बन्धित खवर