तपाईको आज (मंगलबार)को राशीफल - Crazysaptahik.com

तपाईको आज (मंगलबार)को राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा जागर र स्फूर्ति बढ्नेछ, काम गर्ने उर्जा बढेर आउनेछ, आफन्त तथा साथीभाई संगको सम्बन्धमा सुधारत छाउनेछ,आजको दिनमा सजिलै अरुको बिस्वास जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
निरन्तर गरिरहेको काममा रुची घट्ने देखिन्छ, आम्दानी र खर्चको तालमेल नमिल्दा केही असहज पारिस्थितिको सामना गर्नु पर्ला,यात्रा निकै कष्टकर रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु राम्रो होला, चोट पटक र दुर्घटनाको भय देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दानीका नया स्रोतहरु भेटिनेछन् भने आजको दिनमा मनग्य आम्दानि गर्ने अवसर मिल्नेछ, राज्य पक्षबाट तपाइको उचित सम्मान र विद्वताको कदर हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नोकरीमा पदोन्नती वा विशिष्ट सम्मान पाइने योग छ, व्यवसाय गर्नेहरुको लागि पनि आज निकै सुखद रहने देखिन्छ । राजनैतिक र सामाजिक मान प्रतिष्ठा मिल्नेछ, विरोधीलाई परास्त गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन शुभ कार्यमा सरिक भएर बित्नेछ,धर्म कर्ममा र सेवामुलक काममा रुची बढ्नेछ, विशिष्ट व्यक्तित्व संगको निकटता बढे संगै उचित सहयोग मिल्नाले काममा लाग्ने प्रेरणा प्राप्त हुनेछ, बिस्वास गरिएका व्यक्तिबाट नै झुटा आरोपहरु आइलाग्न सक्ने सम्भाबना छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक र प्रेम सम्बन्धमा कटुता आउनसक्छ, साथी संगिमा पनि मनमुटाब हुन सक्नेछ,रिस बढ्नाले सल्लाह र सहकार्यमा गत्याबरोधको अबस्था आउन सक्छ, सवारी साधनबाट चोट पटक तथा नोक्सानी मिल्ने अवस्था छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमी प्रेमिकाको सम्बन्धमा सुमधुरता छाउनेछ, व्यापार व्यवसायमा सुधारको संकेत देखिनेछ, नया बस्तु तथा बाहनको लाभ हुन सक्ने देखिन्छ, मनोरन्जनात्मक क्षेत्रमा लागिपरेका व्यक्तिहरुलाई उच्च सफलता हात लाग्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईको परिश्रमको फाइदा अरु व्यक्तिले उठाउन सक्नेछन, कामलाई व्यवस्थित बनाएर अगाडि बढाउन नसक्दा दिन केही भद्रगोल जस्तो बन्न सक्छ, शत्रुपक्ष सबल रहेता पनि परास्त गर्न सकिनेछ, प्रगतिको लागि गोपनियताको साथमा धैर्यता पनि आबस्यक देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सन्तान सुख मिल्नेछ, खेलकुद तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने देखिन्छ, कलाकारिता र मनोरन्जनको क्षेत्रमा रहनुहुनेहरुका लागी आजको दिन निकै उत्साहजनक र फलदायी रहनेछ, पढाई लेखाइमा भने खासै गति जाने देखिन्न ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नै ढिपीले काममा अबरोधको सामना गर्नुपर्ने हुनसक्छ, आफन्त जनबाट प्राप्त हुने सल्लाह सुझाब व्यर्थ भएको अनुभूति हुनेछ, पारिवारिक समस्या अझै बल्झिनेछ । धैर्यता कमजोर रहनाले हतारो पन बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पराक्रम बढ्ने समय छ, घुमफिर र मनोरंजनमा समय बित्नेछ,नंया साथि संगको चिनजान र सहकार्यले सफल्लता दिलाउनेछ,दाजु भाइको सम्बन्धमा केही कमजोरी आउने देखिएता पनि सामाजिक अवस्था मजबुत बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
संचित धनको नोक्सानी हुन सक्छ, आफन्त संगको लेनदेनबाट आज सन्तोष मिल्ने देखिन्न,रिस बढे संगै कामबाट प्रतिफल खासै नआउने देखिन्छ, बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ, घर बाहिर रहनेहरुको लागि परिवारको समस्याले चिन्ता दिलाउनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.