क्रिकेटर म्याकुलमले लिए सन्यास - Crazysaptahik.com

क्रिकेटर म्याकुलमले लिए सन्यास

न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट औपचारीक रुपमा सन्यास घोषणा गरेका छन् । सबै खाले क्रिकेट फर्मयाटबाट सन्यास घोषणा गरेका म्याकुलमले अब क्यानडामा जारी ग्लोबल टी–२० लिगलाई अन्तिम प्रतियोगिता बनाउने जनाएका छन् ।

म्याकुमको टीम टोरोन्टो नेसन्समा नेपाली लेग स्पीनर सन्दीप लामिछानेपनि रहेका छन्। सन्यास घोषणा गर्दै उनले भने ‘म गर्वका साथ सबै खालको क्रिकेटबाट विदा हुने निर्णयमा पुगेको छु । औपचारीक रुपमा ग्लोबल टी–२० पछि सन्न्यास घोषणा गर्ने छु ।’ उनले थपे ‘म मेरो २० वर्षे व्यवसायिक क्रिकेट करिअरमा प्राप्त सफलतामा गर्व गर्छु जुन मैले क्रिकेट सुरुवात गर्दा सपना देखेको थिए ।

म अझै निरन्तरता दिन चाहन्थे तर पछिल्लो केहि महिना सन्तुलन गर्न गाह्रो हुँदै गएको महसुस गरेको छु।’ उनले भने ‘मैले क्रिकेट खेल्दा कुलिंग पार्कदेखि लर्ड्ससम्म विभिन्न सुन्दर यादहरु विताएको छु। पछि फर्केर हेर्दा मेरो खेल प्रति गर्व गर्न सक्छु । प्राप्तिबाट गर्व गर्छु ।’ ३७ वर्षीय विकेटकिपर ब्याट्सम्यान म्याकुलमले ट्वीट मार्फत पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन्। न्युजिल्याण्डको लागि सन् २००४ मा दक्षिण अफ्रीकाको लागि टेस्टमा तथा २००२ मा अस्ट्रेलिया बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए। टी–२० मा उनले २००५ मा डेब्यु गरेका थिए ।

यस क्रममा उनले १०१ टेस्टमा ६,४५३ रन, एक दिवसीयमा २६० खेलमा ६,०८३ रन तथा टी–२० मा ७१ खेलबाट २,१४० रन प्रहार गरे । टेस्टमा १२ , एक दिवसीयमा ५ र टी–२० मा उनले २ शतक प्रहार गरे। न्युजिल्याण्ड राष्ट्रिय टिमको लागि उनले अन्तिम टेस्ट र एकदिवसीय २०१६ मा खेलेका थिए भने २०१५ मा टी–२० खेले। पछिल्लो समय केही अन्तराष्ट्रिय फ्रेन्चाइज टी–२० लिग खेलेका थिए ।

क्रिस गेल पछि म्याकुलम टी–२० मा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनको कप्तानीमा न्युजिल्याण्ड टिम २०१५ एकदिवसीय विश्वकपमा पहिलो पटक फाइनल पुगेको थिए । २०१५ मा न्युजिल्याण्ड घरमा खेलीएको लगातार १३ वटा टेस्टमा अपराजित रहेको थियो । म्याकुलम पहिलो क्रिकेटर हुन् जसले डेब्यु पछि लगातार १०० वटा टेस्टमा लगातार खेलेका थिए ।

सम्बन्धित खवर