क्रेजी साप्ताहिक
एजेन्सी । भारततिय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।२५ वर्षको उमेरमा राजनीतिमा उदाएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सम्म सांसद भएकी थिइन् । एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासकका रुपमा उनलाई लिइन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन् । भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिने भएको छ ।