पेट्रोलको मूल्य बृद्धि - Crazysaptahik.com

पेट्रोलको मूल्य बृद्धि


क्रेजी साप्ताहिक
पथरी । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल, मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ।

एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र) मा पेट्रोल १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम भएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) एक हजार ३७५ प्रतिसिलिण्डर कायम गरिएको छ । हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।
निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था थिएन । मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

सम्बन्धित खवर