क्रेजी साप्ताहिक
पथरी । सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर काठ्माडौस्थित वालुवाटारमा रहेको कार्यालयमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।इन्टरनेट र केवल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
प्रहरीको अनुमान अनुमानअनुसार जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँवाट आगलागि सुरु भएको हो ।आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ । दिउँसो सवा १ बजेसम्म ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको डीएसपी बोगटीले जानकारी दिए ।