क्रेजी साप्ताहिक
पथरी । मोरङको बेलवारी नगरपालिका ११ स्थित लक्ष्मीमार्ग चौकमा आगलागि भएको छ । आज भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ ।मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर सहित छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको घर समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सो आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा समेत जलेर मरेको तथा मानवीय नभएको उक्त कार्यालयले जनाएको छ ।