वीरगञ्जमा शव भेटियो - Crazysaptahik.com

वीरगञ्जमा शव भेटियो


क्रेजी साप्ताहिक
पथरी । वीरगञ्ज महानगरपालिका ११ स्थित सिर्सिया खोलाको छेउमा एक जना पुरुषको शव भेटिएको छ । बाँसको झ्याङमा अड्केको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । ‘मान्छे बगेर आइरहेको छ भन्ने खबर आयो, गएर हेर्दा बाँसको झ्याङमा अड्केको अवस्थामा शव भेटियो,’ उनले भने, ‘मृत्यु भएको पनि धेरै दिन भएको छैन जस्तो देखिएको छ ।’

बाँसको झ्याङमा अड्किएको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले शव निकालेको थियो । घटनास्थल तथा शव जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउन आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खवर