धनुषामा पनि फेला पर्यो शव - Crazysaptahik.com

धनुषामा पनि फेला पर्यो शव


क्रेजी साप्ताहिक
पथरी । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको लास फेला परेको छ । आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न सकेको छैन् ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खवर