बेलबारीका सुन ब्यापारी करोडौँ रकम ठगेर बेपत्ता - Crazysaptahik.com

बेलबारीका सुन ब्यापारी करोडौँ रकम ठगेर बेपत्ता


क्रेजी साप्ताहिक
पथरी । लामो समयदेखि मोरङको बेलवारी १ मा सुनचाँदीको कारोबार गर्दै आएका एक ब्यापारी सर्बसाधारणको करोडौ रकम ठगी गरेर बेपत्ता भएका छन । बेलबारी १ स्थित सिनेमा हल लाईनमा ऊँ कृष्ण सुनचाँदी ब्यबसाय गर्दै आएका घनश्याम श्रेष्ठ सर्बसाधारणको १५ करोड भन्दा बढी रकम ठगी गरी बेपत्ता भएका हुन । ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित ब्यत्तिदेखि सर्बसाधारण सम्म रहेका छन । उच्च ब्याजको प्रलोभनमा परी व्यापारीलाई पैसा दिएका २ सय बढी सर्बसाधारण ठगीमा परेको रहस्य खुलेको छ । ठगीमा पर्नेको संख्या दिनप्रतिदिन बढदै गएको छ ।

पैसा राख्दा आकर्षक ब्याज पाईने प्रलोभनमा आफुहरुले रुपैया श्रेष्ठकोमा राखेको पिडितहरु बताउँछन । केही महिनायता श्रेष्ठ सम्पर्क्बिहिन भएपछि सर्बसाधारणहरुले आफुहरु ठगीमा परेको थाह पाएका थिए । श्रेष्ठलाई सम्पर्कमा ल्याई आफनो पैसा फिर्ता गर्न माग गर्दै केही ब्यबसायीहरुले प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीमा केही महिना अघि निबेदन समेत दिएका थिए । त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाईएको भएपनि पटक पटक आउँछु भन्ने तर नआउने गरेको र पछिल्लो समय उनी बेपत्ता भएको संघका उपाध्यक्ष केदार अधिकारी बताउँछन ।

केहीदिनअघि २ सय बढी स्थानीयले बेलबारी नगरपालिकामा पुगी उपमेयर ढाकाकुमारी पराजुली समक्ष निबेदन समेत दिएका थिए । लेनदेन कारोबारको मुद्धा नगरपालिकाले हेर्न नमिल्ने भएपछि उनी निबेदन दर्ता नगरेको तर स्थानीय समस्या भएका कारण श्रेष्ठलाई सम्पर्क गर्ने कोशिष गरिएपनि उनी सम्पर्कमा नआएको र जिल्ला प्रशासन कार्यलय जान् आफुले सुझाएको पराजुलीले बताईन । श्रेष्ठबाट ठगिएका २ सय जनाभन्दा बढीको नाम र ठगिएको रकम सहितको बिवरण प्राप्त भएको छ । बिवरणमा २०लाख सम्म ठगिएको उल्लेख छ ।

कतिपय पिडितहरुले आफनो नाम र रकम सार्बजनिक नगरिदिन अनुरोध गरेपछि हामीले नाम र ठगिएको रकम सार्बजनिक गरेका छैनौँ । श्रेष्ठले एनएमबी बैँक लगायतका बैँकबाट समेत करोडौँ रुपैया लिएर नतिरेको पाईएको छ । ठगिएका केही ब्यत्तिहरुलाई म्यासेन्जरमा फोन गरी श्रेष्ठले आफुले रकम लिएको कुरा पत्रकार र अरुलाई नभन्नु भनेमा पैसा डुब्ने भन्दै भन्ने गरेको पिडितहरु बताउँछन । श्रैष्ठ सँग सम्पर्क गर्ने कोशिष गरिएपनि उनी सँग सम्पर्क हुन सकेको छैन ।

सम्बन्धित खवर