जाँचबुझ आयोग सम्बन्धी विधेयक पारित - Crazysaptahik.com

जाँचबुझ आयोग सम्बन्धी विधेयक पारित


क्रेजी साप्ताहिक
पथरी । प्रदेश नं १ को संसदले जाँचबुझ तथा अनुसन्धान आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश नं १ को संसदले पारित गरेको छ ।आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेश गरेको उक्त विधेयक प्रदेश सभाको बिहीबारको बैठकबाट सर्बसम्मतरुपमा पारित भएको हो ।

प्रदेश सभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धकमा बनेको विधेयक २०७६ लाई भने दफाबार छलफलमा लागि न्याय प्रसाशन तथा विधयान समितिमा पठाइएको छ ।बिहीबारकै बैठकले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको संशोधनका लागि ७२ घण्टाको समयको समय दिइएको छ । यी दुबै विधेयक मन्त्री कार्कीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर