त्रिशूलीमा बस खस्दा ४ जनाको मृत्यु, १४ जनाको उद्धार - Crazysaptahik.com

त्रिशूलीमा बस खस्दा ४ जनाको मृत्यु, १४ जनाको उद्धार


क्रेजी साप्ताहिक
पथरी । सर्लाहीको मंगलवाबाट काठमाडौ जादै गरेको ना ६ ख ७४६९ नंवरको वस शुक्रवार विहान त्रिशुलि नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । वेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटवाट वस खसेको थियो ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् ।बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ । घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

सम्बन्धित खवर