क्रेजी साप्ताहिक
पथरी । विराटनगर महानगरपालिका ५ बरगाछी स्थित कोशी राजमार्गमा भारतिय कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ ।
हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको नम्बरको भारतिय कन्टेनरले साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको उपचारका क्रममा विराट नर्सिङहोम बिराटनगरमा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो.सम्सुललाई उक्त कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।