स्वयम्भुमा गोलि चल्यो - Crazysaptahik.com

स्वयम्भुमा गोलि चल्यो


क्रेजी साप्ताहिक
पथरी । काठमाडौंको स्वयम्भूमा गोलि चलेको छ । स्वयम्भुको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा लुटेराहरुलाई पक्रने क्रममा प्रहरीले गोलि चलाएको हो । प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अर्का व्यत्ति अमृत तामाङ पनि पक्राउ परेका छन् ।लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

सम्बन्धित खवर