छोराको कुटाइ बाट बाबुको मृत्यु - Crazysaptahik.com

छोराको कुटाइ बाट बाबुको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । झापामा आफ्नै छोरोको चिर्पट प्रहारवाट वावुको ज्यान गएको छ । झापाको कमल गाउँपालिका १ का ७० बर्षीय सुर्य बहादुर थापालाई आफ्नै ३१ बर्षीय छोरा प्रकाश थापाले चिर्पटले हिर्काउँदा मृत्यु भएको हो । आज बिहान सवा ७ बजे घरायशी बिबाद हुँदा छोराले बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटनास्थलमा खटिएको तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ । मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणका लागि मंगलवारे अस्पताल पठाएको र घटना बारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर