गायक रामकृष्ण ढकाल विवादमा ः सहकारीको करिव ५ करोड ऋण नतिरेको आरोप - Crazysaptahik.com

गायक रामकृष्ण ढकाल विवादमा ः सहकारीको करिव ५ करोड ऋण नतिरेको आरोप


क्रेजी साप्ताहिक
पथरी । नेपाली गीत संगीतमा ख्याति कमाएका गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम विवादमा मुछिएका छन् । गायक दम्पतिले एक सहकारीबाट निकालेको ऋण नतिरेको भन्दै एक पत्रिकामा सार्वजनिक सूचना जारी भएपछि उनिहरु विवादमा मुछिएका हुन ।

काठमान्डौका पुलचोमा रहेको श्री लालितगुँरास सहकारी बहुउद्देश्यीय सहकारी संस्थाले ढकाल दम्पतिले ५ करोड ऋण नतिरेको भन्दै ढकाल दम्पतिको नाममा पत्रिका मार्फत सार्वजनिक सूचना नै जारी गरी ऋण तिर्नका लागि अनुरोध गरेको छ । सार्वजनिक सूचनामा ढकालको नाममा २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण नतिरेको उल्लेख गरिएको छ । यता गायक ढकालले चाहिँ आफुले ४ वर्षअघि नै सो ऋण सल्टाइसकेको भन्दै आफुलाई वदनामी गर्न खोजेका वताएका छन् ।

श्री लालितगुँरास सहकारी बहुउद्देश्यीय सहकारी संस्था आफै विवादमा मुछिएको संस्था हो । सहकारीमाथि किर्ते कागजात बनाई करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

सम्बन्धित खवर