क्रेजी साप्ताहिक
पथरी । शुक्रबार पथरीशनिश्चरेमा स्थापित सिन भिलेज पार्टी प्यालेसमा शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो । र, स्टेजमा निक्कै कडा स्वरमा तर्क विकर्त चलिरहेको थियो । अन्ततः त्यो वातावरण अरु केही नभएर प्रदेश नं. १ स्तरीय वक्तत्वकला प्रतियोगिताको थियो ।
सो प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सुजन बिष्टले हात पारे । मोरङको रतुवामाई १० मा रहेको महेन्द्र माविको कक्षा १२ मा अध्ययनरत विष्टले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि माथि कब्जा जमाएका हुन् । उनले प्रथम पुरस्कार स्वरुप नगद २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । सामुदायिक शान्तिका लागि धार्मिक सहिष्णुता विषयमा भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा क्यापसका विद्यार्थीहरु सहभागी थिए ।
प्रतियोगिताको दोस्रो पुरस्कार भानुजन मावि ताप्लेजुङबाट सहभागी एलिना दियालीले हात पारिन, उनले नगद १५ हजार, मेडल र प्रमाण पत्र पाइन् । यस्तै तेस्रो पुरस्कार एभरेष्ट आवासीय मावि पथरीका छात्र भिमकुमार भण्डारीले हात पारे, उनले नगद १० हजारसंगै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
सो प्रतियोगिताको निर्णायकमा पब्लिक स्पीकर सिजन २ का बिजेता रमेश प्रसाँई, युवा समाजसेवी मञ्जरी घिमिरे र यज्ञ प्रसाद पोखरेल रहेका थिए । सिडिएफ नेपाल र अन्तरधार्मिक युवा संजाल लेटाङको आयोजनामा भएको हो ।