सशस्त्र प्रहरी जवाननै वाघको छालासहित पक्राउ - Crazysaptahik.com

सशस्त्र प्रहरी जवाननै वाघको छालासहित पक्राउ


क्रेजी साप्ताहिक
पथरी । सशस्त्र प्रहरिका एक जवान वाघको छालासहित पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित उनलाई पक्राउ परेका छन् । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा प्रहरी चौकी व्रह्मदेवले बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् । झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनको साथवाट छाला बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.