जागिर लगाइदिने प्रलोभन देखाइ ठगी गर्ने प्रक्राउ - Crazysaptahik.com

जागिर लगाइदिने प्रलोभन देखाइ ठगी गर्ने प्रक्राउ


क्रेजी साप्ताहिक
पथरी । जागिर लगाइदिने प्रलोभन देखाइ अरुबाट पैसा ठगी गरेको आरोपमा एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा खोटाङ खलेसी तुवाचुङ घर भएका १५ बर्षीय सम्बर बहादुर राई रहेका छन् ।

बिट्रिस गोर्खा एरिया वेल्फेर सेन्टर जिरिखिम्ती तेह्रथुममा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका राईले धरान ५ खैरनीकी २७ बर्षीया खुसुमाया मग्रताीको श्रीमानलाई वेलफेयर सेन्टरको जागिर लगाइदिन्छु भन्दै १२ हजार ठगी गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनलाई ठगी गरी रकम लिदै गरेको अवस्थामा नगदसहित प्रक्राउ गरिएको बताउदै सुनसरी जिल्ला अदलतबाट ठगी मुद्दामा म्याद थप गरी कारबाहीको प्रक्रिया बढाइएको डिएसपी न्यौपानेले बताए ।

सम्बन्धित खवर