कानेपोखरीको जंगलमा फेरी भेटियो शव - Crazysaptahik.com

कानेपोखरीको जंगलमा फेरी भेटियो शव


क्रेजी साप्ताहिक
पथरी । पछिल्लो समय मोरङको पथरीशनिश्चरे र कानेपोखरी छेउछाउका जंगलमा शव भेटिने क्रम बढ्रिहेको वेला आज फेरी अर्को शव फेला परेको छ । कानेपोखरी गाउँपालिका ६ बिहिवारे जाने बाटो (हाइवे बाट ३०० मिटर दक्षिण) मा एक महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको हो । शवको पहिचान अझै हुन सकेको छैन । गोरो अनुहार, रातो रंगाएको लामो कपाल, नाकमा नथिया लगाएको र बायाँ हातमा गणेश अंग्रेजीमा नबलभकज लेखिएको ट्याटु भएकि महिलाको शव फेला परेको इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ ।

सेतोमा छिर्केमिर्के पूरा बाहुलाको सर्ट लगाएकी, कालो जिन्स पाइन्ट र कालो चप्पल लगाएको अन्दाजी २५ देखि ३० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । शवको उचाई लगभग ५ इन्च भएको इप्रका पथरीले जनाएको छ । शवको मुचुल्का तयार पारी शवलाई मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको र संबंधित परिवारले इप्रका पथरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पथरीशनिश्चरे परिसरका जंगलमा यस भन्दा अगाडी पनि दर्जनौ शव फेला परेका थिए

सम्बन्धित खवर