गछियामा वैज्ञानिक वन ब्यवस्थान सम्वन्धि अन्तरक्रिया - Crazysaptahik.com

गछियामा वैज्ञानिक वन ब्यवस्थान सम्वन्धि अन्तरक्रिया

क्रेजी साप्ताहिक
पथरी । नेपाल पत्रकार मञ्चको आयोजनामा वैज्ञानीक वन व्यवस्थापन र यसका उपलव्धिहरु शिर्षकमा मोरङको गछियामा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ । नेपाल पत्रकार मञ्चको आयोजनामा भएको कार्यक्रममा कार्यक्रममा लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सहयोग रहेको थियो ।

कार्यक्रममा लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहकी उपाध्यक्ष निरा पोखरेलको अध्यक्षता रहेको थियो । कार्यक्रमलाई सहायक वन अधिकृत विक्रम अमात्यले प्रश्तुतिकरण गरेका थिए । सोहि कार्यक्रममा एसइइ मा उत्कृष्ट हुने ७ वटा विद्यालयका १/१ जना छात्र/छात्रा गरी १४ जना विधार्थिलाई जनहि नगद रु ३ हजार सहित सम्मान गरिएको थिया ।

सम्बन्धित खवर