चलचित्र हिरो नं १ को तेश्रो गित सार्वजनिक (भिडियो सहित) - Crazysaptahik.com

चलचित्र हिरो नं १ को तेश्रो गित सार्वजनिक (भिडियो सहित)


क्रेजी साप्ताहिक
पथरी । हास्य विधाका चलचित्रमा राज गरिरहेका नायक जय किशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख चलचित्र हिरो नं. १ को तेश्रो गीत आज सार्वजनिक गरिएको छ । नायक बस्नेत आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाईल टिभी मार्फत के गर्नु मंगले आफ्नै ढंगले बोलको तेश्रो गीत सार्वजनिक गरिएको हो ।

सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर समेत रहेको उक्त गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । रोमान्सदेखि द्वन्दका खतरनाक दृष्यहरु समेत राखिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस्

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.