मोरङको पथरीशनिश्चरेमा आगलागी हुँदा ११ लाखको क्षती - Crazysaptahik.com

मोरङको पथरीशनिश्चरेमा आगलागी हुँदा ११ लाखको क्षती


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे स्थित लिच्चि डाडाको एक होटलमा आगलागी हुँदा ११ लाख मुल्य बराबरको क्षती भएको छ ।

आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुँदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।

सम्बन्धित खवर