रवि लामिछानेलाई प्रदर्शनका बीच अदालत लगियो - Crazysaptahik.com

रवि लामिछानेलाई प्रदर्शनका बीच अदालत लगियो

क्रेजी साप्ताहिक
पथरी । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत, चितवनमा उपस्थित गराएको छ ।लामिछाने समर्थकले जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए । मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।अदालतबाहिर प्रदर्शन गरिरहेका समर्थकले उनको रिहाइको माग गरिरहेका छन् । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगिएको थियो ।

सम्बन्धित खवर