वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन - Crazysaptahik.com

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन


क्रेजी साप्ताहिक
पथरी । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । आज बिहान डल्लुस्थित आफ्नै निवासमा अधिकारीको निधन भएको जानकारी कृष्ण मल्लले दिएका छन् । उनको जन्म २००३ सालमा भएको थियो । ७३ वर्षिय अधिकारी केहि वर्षदेखि दम रोगबाट पीडित थिइन् ।

उनका १ छोरा र छोरी छन् । दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा चरित्र अभिनेत्री अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासुको भूमिका लागि चर्चित छिन् । यस वाहेकका पनि उनका दर्जनौ फिल्म लोकप्रिय छन् ।

सम्बन्धित खवर