खुर्पा प्रहार गरी श्रीमतीको हत्या - Crazysaptahik.com

खुर्पा प्रहार गरी श्रीमतीको हत्या


क्रेजी साप्तहिक
पथरी । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा खुर्पा प्रहार गरी आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति १० बजे २० वर्षिय याकुब परियारले १९ वर्षीया श्रीमती पुजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

स्थानीयबासीबाट सूचना पाएपछि प्रहरी घटनास्थल पुग्दा पुजाको घटनास्थलमा नै मृत्यु भइसकेको एसपी अधिकारीले बताए । उनका अनुसार याकुब मानसिक रोगी हुन् । याकुबले मानसिक रोगको औषधी खाँदै आएका प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर