ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ - Crazysaptahik.com

ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ


क्रेजी साप्ताहिक
पथरी । प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई खुकुरी देखाउदै काट्छु भनेर फेसवुकमा भिडियो हाल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा उनलाई बाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् ।

भिडियोमार्फत खुकुरी देखाउँदै प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।एसएसपी थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो ।

सम्बन्धित खवर