प्रेमप्रसाद भटराई (के.डी)
मोरङको पथरीशनिश्चरे वडा नं ३ कि मृगौला पिडित टिकादेवि राना मगरको जिवन रक्षाको लागि सहयोगको अनुरोध गरिएको छ । ३७ वर्षिय मगरको आर्थिक अवस्था नाजुक भएका कारण अहिले उपचारमा समस्या भएको ‘टिकादेवि राना मगर वचाउ अभियान’ का संयोजक टंक मगरले जानकारी दिए ।
काठमाण्डौको खबथयमजब हस्पिटलमा हप्ताको ३ पटक डायलोसिस गराइरहेकी मृगौला पिडित टिकादेवि राना मगरको भदौ १५ गते सुमेरु हस्पिटलमा मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् । प्रत्यारोपण गर्नुपर्ने मिति नजिकिदै गरेपनि उपचारको लागि रकम नभएपछि अभियान सञ्चालन गर्नुपरेको संयोजक मगरले बताए ।
मृगौला पिडित टिकादेवि वैदेशिक रोजगारीको लागि खाडि मुलुक समेत पुगेकी थिइन । वैदेशिक रोजगारीकै शिलशिलामा मृगौलामा समस्या देखिएपछि उनि नेपाल फर्किएकी थिइन । अहिले उनले खाडीमा कमाएको र अंशस्वरुप छुट्टिएको एक कठ्ठा जग्गासमेत उपचारमै सकिएको छ ।
विमार पछि श्रीमान सँग सम्वन्ध समेत विग्रिएर उनी थप पिडित वनेकी छिन् । नेपाल मगर संघ र नेपाल मगर युवा संघको संयुक्त अगुवाईमा अहिले उनको जिवनरक्षाको लागि अभियान थालीएको छ । अभियान समितिले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा उनको जिवन रक्षाको लागि अनुरोध गरेका छन् ।उपचारका लागि अझै ६ लाख रुपैया लाग्ने पिडितकी आमा रनमाया मगरले जानकारी दिइन । टिकादेवि राना मगर वचाउ अभियान को नाममा रहेको सिदार्थ वैँक पथरी शाखाको को खाता नं ००७१५२०५५६६ मा देशविदेशवाट रकम जम्मा गरि उनको उपचारमा सहयोग पुर्याउन सकिने छ ।
पत्रकार सम्मेलनको भिडियो :
https://www.youtube.com/watch?v=W0WQi_CxxdE