इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा - Crazysaptahik.com

इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा


एजेन्सी । इटलीका प्रधानमन्त्री जिसेपी कोन्टेले आफु छिट्टै राजीनामा दिने तयारीमा रहेको बताएका छन् । मंगलबार दिउँसो संसदलाई सम्बोधन गर्ने क्रममा संसदमा चलेको बहस सकिने बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजीनामा दिन लागेको खुलासा गरेको इटलीका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा भएको हो । प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन् “संसदको बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजिनामा दिने निर्णय गरेको छु।” प्रधानमन्त्रीको उक्त घोषणा सरकारमा दक्षिणपन्थी धारका गृहमन्त्री मट्टेओ साल्भिनीले यसै महिना (अगस्ट)को शुरूमा प्रधानमन्त्रीविरूद्ध संसदमा अविश्वासको मत दर्ता गराएपछि प्रधानमन्त्री राजीनामा दिने सोचमा पुगेका थिए ।

इटालीमा प्रधानमन्त्रीलाई हटाई मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारीकासाथ बहुमत सांसदहरूको सहयोगमा गृहमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

सम्बन्धित खवर