रवि लामिछानेकी पत्नीले दिइन् एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी - Crazysaptahik.com

रवि लामिछानेकी पत्नीले दिइन् एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी


क्रेजी साप्ताहिक
पथरी । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी प्रहरी अनुसन्धानमा रहेको भिडियो किर्ते गरेको भन्दै सञ्चारकर्मि रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध आज जाहेरी दिएकी हुन् ।

पुडासैनीको शव साउन २० गते नारायणगढ बसपार्कको कंगारु होटलमा मा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर