नगरका विद्यालयको अनुगमन - Crazysaptahik.com

नगरका विद्यालयको अनुगमन

क्रेजी साप्ताहिक

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रका विद्यालयहरुको अनुगमन् कार्य सुरु गरेको छ । उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिकराम काफ्ले सहितको टोलीले बुधवार पहिलो दिन ३ वटा सामुदायिक विद्यालयहरुको अनुगमन् गरेको छ ।

टोलीले विद्यालयमा नियमित पठनपाठन, गुणस्तरीय पठनपाठन, विद्यालयको व्यवस्थित आन्तरिक व्यवस्थापन सहितका विषयमा अनुगमन् गर्दै प्रधानाध्यापकहरुलाई सुझाव समेत दिएको अनुगमन् संयोजक वास्तोलाले बताइन् ।

सम्बन्धित खवर