नालीमा डुवेर महिलाको मृत्यु - Crazysaptahik.com

नालीमा डुवेर महिलाको मृत्यु

क्रेजी साप्ताहिक
पथरी । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोड स्थित मेची आँखा अस्पताल छेउको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० निवासी ६७ वार्षिया सुमित्रा राई रहेको प्रहरिले जनाएको छ । बिर्तामोड भद्रपुर सडक खन्ड सैनिकमोडमा सडक छेउको खाल्टोमा डुबेर उनको मृत्यु भएको छ । ।

बिर्तामोडदेखि चन्द्रगडि जाने बाटोमा उभिरहेकी उनी कसरी नालीमा परीन भन्ने कुरा आश्चर्यजनक रहेको प्रत्यक्षदर्शिहरुले बताएका छन् । निर्माणधिन बिर्तामोड भद्रपुर सडकको छेउको नालीमा शव तैरीरहेकोे अवस्थामा आज बिहान ८ बजे स्थानीयले फेला पारेका थिए । ठेकेदारका कारण महिलाको मृत्यु भएको भन्दै घट्नास्थलमा प्रहरी पुगेपनि स्थानीयले शवलाई बाहिर निकाल्न दिएका छैनन् ।

सम्बन्धित खवर