रवि लामिछानेले बयानमा झुट बोले, अस्मिताले हिरासतमै गरिन् पर्दाफास - Crazysaptahik.com

रवि लामिछानेले बयानमा झुट बोले, अस्मिताले हिरासतमै गरिन् पर्दाफास


क्रेजी साप्ताहिक
पथरी । स्वर्गिय पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मि रवि लामिछानेले बयानका क्रममा झूट बोलेको खुलेको छ । प्रहरी स्रोतका अनुसार रविले अस्मितासँग आफ्नो प्रत्यक्ष भेटघाट र टेलीफोन सम्पर्क पनि नभएको बयान दिएका थिए । यता प्रहरी हिरासतमै रहेकी अस्मिताले भने रविसँग आफ्नो पुरानो चिनजान रहेको बयान दिएकी छन् । दुवै जनाका बयान बाझिएका् छ भने रविले झूट बोलेको समेत देखिएको छ ।

प्रहरी अनुसन्धानका क्रममा पुडासैनीले न्यूज २४ छाडेपछि पनि टेलिभिजनको फोन र अस्मिताको फोनमा कुराकानी भएको देखिएको छ । झण्डै ५ मिनेटसम्म पटक–पटक भएका कुराकानीले समेत रवि र अस्मिताबीच कुराकानी हुने गरेको प्रहरीको अनुमान रहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अस्मिताले रवि र युवराज कँडेलका कारण सालिकरामले आत्महत्या गरेको हुनसक्ने बयान दिएकी छन् भने रविले आफ्नो कारणले आत्महत्या नगरेको दाबी गरेका छन् ।

यसरी अभियुक्तकै बयान एकआपसमा बाँझिएको अवस्थामा अभियुक्तहरूलाई अप्ठ्यारो हुनसक्ने देखिएको छ । रवि लामिछानेको सन्दर्भमा प्रहरी र सरकारी वकिल कार्यालय झनै गम्भीर देखिएका छन् । उनले हिरासतबाट छुटेको ३ मिनेटमै आफू निर्दाेष भएको प्रमाणित गरिदिने बयान दिन थालेपछि उनले बाहिर गएर प्रमाण नष्ट गर्न सक्ने र उनलाई अझै केही दिन हिरासतमै राख्नुपर्ने हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

भोलि आईतबार प्रहरीले रविलाई म्याद थपका लागि पुनः अदालतमा पेश गर्ने र थप अनुसन्धान गर्ने प्रहरी स्रोतले जनाएको छ । रविले दिएका बयानका कारण उनलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने प्रहरीको माग अदालतबाट समेत अनुमोदन हुने प्रहरीको अनुमान छ ।

सम्बन्धित खवर