क्रेजी साप्ताहिक
पथरी । अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट नलगाड नगरपालिका – १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको आज मुत्यु भएको हो ।
घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए । आज बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पु¥याएको भए पनि उपचार गर्दा, गर्दा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ