पथरीशनिश्चरेमा एमबीबीएस डाक्टर तय - Crazysaptahik.com

पथरीशनिश्चरेमा एमबीबीएस डाक्टर तय


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको पथरी स्वास्थ्य चौकीका लागि सरकारले एमबीबीएस डाक्टरको व्यवस्था गरेको छ ।

नगरपालिका कार्यालयको पहलमा संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट १५ बेडको अस्पतालको प्रक्रियामा अगाडि बढेको छ । तत्कालका लागि ५ बेडको अस्पताल सञ्चालन गर्न एमबीबीएस डाक्टर सावन मेहेताको दरवन्दी तय भएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्रराज डोटेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलसँगको कुराकानीपछि डाक्टर सावन मेहेतालाई खटाउने निर्णय भएको छ ।

वडा नम्वर २ मा नवनिर्मित स्वास्थ्य चौकीका लागि स्थानीयले करोडौंको जग्गा उपलब्ध गराएका छन् । अस्पतालका लागि थप जग्गा उपलब्ध गराउन स्थानीय इच्छुक भएर प्रक्रिया समेत अघि बढेको छ ।

सम्बन्धित खवर